News Portal

  • महालक्ष्मी विकास बैंकले सवारी पार्किङ्गका लागि ३ रोपनी जग्गा भाडामा लिने

    आर्थीकसंसार संवाददाता१९ भदौ, २०८१
    ५० पटक
    १९ भदौ, २०८१

    काठमाडौं । महालक्ष्मी विकास बैंकले जग्गा भाडामा लिने भएको छ । केही संख्यामा सवारी साधन पार्किङ्ग तथा अन्य प्रयोजनको लागि २ देखि ३ रोपनीसम्मको जग्गा भाडामा लिने बैंकले जनाएको छ ।

    बैंकका अनुसार उक्त जग्गा रिङ्गरोडबाट भित्र वा ३ देखि ५ किलोमिटर बाहिर आवश्यक रहेको बैंकको भनाइ छ । जग्गा भाडामा दिन ईच्छुक फर्म÷कम्पनी तथा व्यक्तिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ । कम्पाउण्ड तथा सेड भएको जग्गालाई विशेष प्राथमिकता दिइने बैंकले जनाएको छ ।

    भाडामा दिने जग्गामा न्युनतम १६ फिटको सडकसँग जोडिएको हुनुपर्ने, भाडामा दिने जग्गा कुनै किसिमको कानूनी झमेला नभएको हुनुपर्ने, जग्गा भाडामा दिँदा २ देखि ५ वर्ष अवधिको लागि दिनुपर्नेछ । एक वा एक भन्दा बढी जग्गाधनी भएमा निजहरूले संयुक्तरुपमा पनि प्रस्ताव पेश गर्न सक्ने छन् ।

    प्रतिकृया दिनुहोस्