News Portal

  • एनआईसी एशिया बैंक पीसीआई–डीएसएस भी ४.० भर्सनमा स्तरोन्नती

    आर्थीकसंसार संवाददाता१८ भदौ, २०८१
    ३५ पटक
    १८ भदौ, २०८१

    काठमाडौं । एनआईसी एशिया बैंकको कार्ड प्रयोगकर्ताहरुको डाटा सुरक्षा अझ बढी मजबुत हुनेगरी यस बैंक पीसीआई–डीएसएस भी ४.० भर्सनमा स्तरोन्नती भएको छ । बैंकले आफ्नै ईएफटी स्वीच सञ्चालन गरेको दोस्रो वर्षमै पीसीआई–डीएसएस भी ३.२.१ भर्स पीसीआई–डीएसएस भी ४।० भर्सनमा स्तरोन्नति भएको छ । यस स्तरोन्नतिसँगै यस बैंकका कार्ड प्रयोगकर्ताको डाटा सुरक्षा अझ बढी बलियो बनेको छ ।

    बैंकले सन् २०२३ देखिनै एटीएम र कार्डमा आधारित भुक्तानी प्रणाली आफ्नै ईएफटी स्वीच द्वारा संचालन गर्दै आएको छ । बैंकले भुक्तानी गर्नको लागि डेबिट र क्रेडिट (भीजा र मास्टरकार्ड) छन्, जुन कार्डहरु नेपाल, भारत, र भुटानमा प्रयोग गर्न सकिन्छ तथा अन्य विदेशी भुक्तानीको लागि अमेरिकी डलर प्रिपेड कार्ड जारी गरेको छ । त्यसैगरी, एटीएम, पोस तथा ईकर्स जस्ता प्लेटफर्ममा भुक्तानी प्राप्तिको लागि भीजा मास्टरकाड चाइना यूनियन पे स्वीकार गर्दछ ।

    यसै सन्दर्भमा बैंकले कार्ड प्रयोगकर्ताहरुको डाटाको पूर्ण सुरक्षा सुनिश्चिताको लागि प्रणालीगत र संस्थागत रुपमा आन्तरिक नियन्त्रण गर्न आवश्यक सुरक्षा डिजाइन र कार्यान्वयनमा विशेष ध्यान दिएको छ । आन्तरिक नियन्त्रणलाई दिगोपन कायम गर्न र स्वतन्त्ररुपमा मूल्यांकन गर्नका लागि बैंकले प्यानएसीया इन्फोस प्रा.ली. लाई नियुक्त गरेको थियो ।

    यस पुनः प्रमाणिकरणले कार्ड प्रयोगकर्ताको डाटा सुरक्षामा बैंक निरन्तर प्रयास र प्रतिवद्धतालाई स्वतन्त्ररुपमा प्रमाणित गर्नुका साथै बैंकले आवश्यक सबै आन्तरिक नियन्त्रण प्रणालीलाई कार्यान्वयन गरेको सम्पूर्ण सरोकारवालाहरु समक्ष स्पष्ट पारेको छ ।

    प्रतिकृया दिनुहोस्