News Portal

  • सिद्धार्थ बैंकका २ संस्थापक सेयर बेचेर बाहिरिँदै

    आर्थीकसंसार संवाददाता१६ भदौ, २०८१
    ६९ पटक
    १६ भदौ, २०८१

    काठमाडौं । सिद्धार्थ बैंकले सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको साढे ८१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

    बैंकले संस्थापक सेयरधनी राजेश्वर श्रेष्ठको नाममा रहेको ४० हजार कित्ता र पान बहादुर गुरुङ्गको ४१ हजार ५७० कित्ता गरी कुल ८१ हजार ५७० कित्ता सेयर बिक्रीमा राखेको हो ।

    बैंकको उक्त सेयर हाल कायम संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । यदि ३५ दिनभित्र संस्थापक सेयरधनीले आवेदन नदिएमा सर्वसाधारणलाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्