काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले स्थापनाको छैठौं वार्षिक उत्सवको अवसरमा कृषिमा लगानी दशक सफल बनाउन आवश्यक अध्ययन सहितको कार्यपत्र प्रस्तुत गरेको छ ।
कार्यपत्र १९ पेजको छ । कम्पनीले ‘किसानको हित, उपभोक्ताको जित’ हुने गरी कृषिसम्बन्धी कार्यपत्र प्रस्तुत गरेको हो । कार्यक्रमको नारा ‘लगानी दशक सफल बनाउने जिम्मेवारी, सार्वजनिक नीजि सहकारीको साझेदारी’ रहेको छ ।
कृषि उपजमा किसानले आफ्नो लगानीको प्रतिफल नपाउने गरेको, परिश्रमको मूल्यसमेत नपाउने लगायतकाा अवस्था सिर्जना भइरहेको अवस्थामा कृषि कम्पनीले कृषिमा लगानी दशक सफल बनाउन आवश्यक कार्यपत्र तयार गरेको कम्पनीका अध्यक्ष भरतराज ढकालले बताए ।
गाँउको उत्पादन सहरमा, सहरको पुँजी गाउँमा भन्ने कुरालाई कम्पनीले विशेष जोड दिएको छ ।
कृषिमा लगानी भित्र्याउन कसरी सम्भव छ ?, कति लगानी आवश्यक छ र कुन मोडलमा जान आवश्यक छ लगायतका विषयमा १ वर्षभित्रै अध्ययन सक्काएर बाँकी ९ वर्ष काम गरेर देखाउनुपर्ने बेला आएको अध्यक्ष ढकालले बताए ।
स्थानीय तहमा उत्पादन हुने वस्तुहरूलाई विशेष प्राथमिकतामा राख्नुपर्ने उनले बताएका छन् ।
किसानको उत्पादन सिधै उपभोक्तामाझ पुर्याउने उद्देश्यले ६ वर्षअघि स्थापना गरिएको मुक्तिनाथ कृषि कम्पनीको लक्ष्यले किसान र उपभोक्ता दुवैको कल्याण हुने विश्वास लिएको उनले बताए ।
यस्ताे छ कार्यपत्र