आर्थीकसंसार संवाददाता१३ भदौ, २०८१
१३ भदौ, २०८१काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको चौरजहारी शाखाले भदौ ११ गते मंगलबार १० लाख २० हजार रुपैयाँको बीमा दाबी रकम भुक्तानी गरेको छ । शाखा कार्यालय चौरजहारीले केन्द्र न. ६० सितल नेरूडे मिर्मिरे समूहका सदस्य भुम बहादुर के.सी.को निधन पछि कर्जाको जीवन बीमा अन्तर्गत उक्त रकम भुक्तानी गरेको हो ।
मृतकको श्रीमती लक्ष्मी के.सी.लाई बीमाङ्क तथा क्रिया खर्च बापत १० लाख २० हजारको चेक हस्तान्तरण गरिएको हो । उक्त चेक चौरजहारी नगरपालिकाकी उपमेयर ईश्वरी कुमारी शर्माद्वारा हस्तान्तरण गरेको हो ।
बीमा दाबी भुक्तानी प्राप्त गरेपछि श्रीमती लक्ष्मी के.सी.ले बीमा गरिएको कारणले कर्जाको भार परिवारमा नपरेको भन्दै संस्था तथा बीमा कम्पनीप्रति आभार व्यक्त गरेका छन् ।