News Portal

  • अल्फा क्यापिटलले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

    आर्थीकसंसार संवाददाता१२ भदौ, २०८१
    ८८ पटक
    १२ भदौ, २०८१

    काठमाडौं । अल्फा क्यापिटलले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले बुधबार शेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ ।

    एक समारोहबीच अल्फा क्यापिटलका प्रबन्ध निर्देशक अजय कुमार श्रेष्ठ र एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले यससम्बन्धी समझदारीपत्रमा संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

    कम्पनीका प्रबन्ध निर्देशक अजय कुमार श्रेष्ठले आइपीओ निष्काशन गर्ने योजना सार्वजनिक गर्न पाउँदा खुसी लागेको बताए । कम्पनीले हाल रियल स्टेट, शेयर बजार लगायत विभिन्न भेन्चरहरुमा लगानी गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्