काठमाडाैं । नेपाल चेम्बर्स अफ कमर्सको ऊर्जा समिति सभापतिमा नरेन्द्र बल्लभ पन्त चयन भएका छन् ।
कमर्सले बुधबार गठन गरेको ऊर्जा समितिमा ऊर्जा क्षेत्रमा एक दशकभन्दा लामो अनुभवी एवं सफल ऊर्जा उद्यमी पन्तलाई सभापतिमा चयन गरिएको हो ।
समितिको सह-सभापतिमा सुसन कर्मचार्य र सुवासचन्द्र सांघाई चयन भएका छन् । पन्त नेतृत्वको ऊर्जा समितिमा ७ जना ऊर्जा उद्यमी व्यवसायीहरू सदस्य बनेका छन् । जसमा कुँवेरमणि नेपाल, आशिष थापा, विश्वप्रकाश गौतम, टिएन आचार्य, सतिस तिमिल्सिना, सुमन जोशी र प्रज्वल श्रेष्ठ रहेका छन् ।
समितिले ऊर्जा क्षेत्रको समस्या पहिचान गर्दै समाधानका लागि पहल गर्दै जाने बताएकाे छ ।
काठमाडाैं जमलस्थिति चेम्बर अफ कमर्सकाे आफ्नै कार्यालयमा भएको समारोहमा कमर्सका अध्यक्ष कमलेश अग्रवालले समितिका सबै पदाधिकारीहरूलाई प्रमाणपत्र हस्तान्तरण गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।