News Portal

  • नाडा अटो शो २०२४ मा महालक्ष्मी विकास बैंकको सहभागिता

    आर्थीकसंसार संवाददाता११ भदौ, २०८१
    ८३ पटक
    ११ भदौ, २०८१

    काठमाडौं । आज भदौ ११ गते देखी भदौ १६ गते सम्म काठमाडौं भृकुटीमण्डपमा सञ्चालन भइरहेको १६ औं संस्करणको नाडा अटो शो २०२४ मा महालक्ष्मी विकास बैंकले समेत सहभागिता जनाएको छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा प्रत्येक वर्ष आयोजना हुँदै आएको अटो शोमा विकास बैंकहरुमा महालक्ष्मी विकास बैंकले एक मात्र विकास बैंकको रुपमा सहभागिता जनाएको हो ।

    गाडी खरिद गर्दा आवश्यक पर्ने कर्जा सम्बन्धमा परामर्श दिने, सहजीकरण तथा समन्वय गर्ने कार्य बैंकले गर्नेछ । हाल विकास बैंकहरुमा सबै भन्दा सस्तो ब्याजदरमा सवारी कर्जा प्रदान गरिरहेको यस बैंकले ९.९९ प्रतिशतमै सवारी कर्जा प्रदान गर्नेछ । महालक्ष्मी विकास बैंक मार्फत सवारी कर्जा लिन चाहाने ग्राहकहरुले स्टल न. E33 मा गई सम्पर्क गर्न सक्नेछन् ।

    “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेका छन् ।

    प्रतिकृया दिनुहोस्