News Portal

  • एशियन लाइफले व्यतित बीमालेखमा ५० प्रतिशत ब्याज छुट दिने

    आर्थीकसंसार संवाददाता११ भदौ, २०८१
    ५१ पटक
    ११ भदौ, २०८१

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा ५० प्रतिशतसम्म ब्याज छुट दिने भएको छ । कम्पनीले २०८१ साउन मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेको (पूर्ण व्यतित भएका) बीमालेखहरु भदौ १० गतेदेखि असोज १० गतेभित्र पुनर्जागरण गराउने बीमितहरुलाई ब्याज छुट दिने जनाएको छ ।

    कम्पनीका अनुसार ५ वर्षदेखि माथि व्यतित बीमालेखमा ५० प्रतिशत ब्याज छुट र २ वर्षदेखि ५ वर्षभन्दा कमका व्यतित बीमालेखमा २५ प्रतिशत ब्याज छुट दिइनेछ ।

    २ वर्षभन्दा कम परिपक्व अवधि बाँकी भएको अवस्थामा कुनै पनि छुुट प्रदान नगरिने कम्पनीको भनाइ छ । एकपटक ब्याज छुट लिइसकेका बीमितहरुलाई पुनः ब्याज छुट प्रदान नगरिने पनि कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्