News Portal

  • प्रभु महालक्ष्मी लाइफको हकप्रद सेयर पुनरावलोकन

    आर्थीकसंसार संवाददाता१० भदौ, २०८१
    ६८ पटक
    १० भदौ, २०८१

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले पुँजी वृद्धिका लागि हकप्रद सेयर निष्काशन गर्ने भएको छ । नेपाल बीमा प्राधिकरणले तोकेको ५ अर्ब रुपैयाँ पुँजी पुर्याउन कम्पनीले ७ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो ।

    कम्पनीको सञ्चालक समितिको भदौ ७ गते बसेको बैठकले हाल कायम रहेको चुक्ता पुँजी ४ अर्ब ७२ करोड ५६ लाख रुपैयाँको ७ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।

    यसअघि कम्पनीले चुक्ता पूँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँको १७ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो । तर, कम्पनीले १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेपछि हकप्रद सेयर पुनरावलोकन गरेको हो ।

    नेपाल बीमा प्राधिकरणको स्वीकृतीपश्चात आगामी वार्षिक साधारण सभाले हकप्रद सेयर पारित गर्ने कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्