News Portal

  • सूर्यज्योति लाइफको कर्पोरेट मीट २०८१/८२ भव्य रुपमा सम्पन्न

    आर्थीकसंसार संवाददाता१० भदौ, २०८१
    ४४ पटक
    १० भदौ, २०८१

    काठमाडौं । सूर्यज्योति लाइफको कर्पोरेट मीट २०८१/८२ सम्पन्न भएको छ । उक्त मीट भदौ ७ गते, गोकर्ण फरेस्ट रिसोर्ट, काठमाडौंमा सम्पन्न भएको हो । कार्यक्रममा सूर्यज्योति लाइफको कर्पोरेट कार्यलयमा कार्यरत सम्पूर्ण कर्मचारीहरु र संचालक समिति सदस्य चुडामणि देवकोटा, हेमन्त नहाटा र नमिता शर्माको सहभागिता रहेको थियो ।

    उक्त कार्यक्रममा कम्पनीका वरिष्ठ नायब कार्यकारी प्रमुख पवन कुमार खड्काले आफ्नो छोटो मन्तव्यका साथै सम्पूर्ण कार्मचारीहरुलाई स्वागत राखेका थिए ।

    उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत,प्रकाश विक्रम खत्रीले कम्पनीको आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको व्यवसाय बिस्तारमा उल्लेखनिय भूमिका निर्वाह गर्ने सम्पूर्ण कर्पोरेट कार्यालयका कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा अझ उत्कृष्ट सेवा सुविधा पस्किनका लागि सबैले आ-आफ्नो ठाउँबाट लागि पर्न जोड दिन प्रेरित गरे ।

    कार्यक्रममा कर्पोरेट कार्यालयबाट सर्वोकृष्ट हासिल गर्ने कर्मचारीहरुलाई विभिन्न विधाहरुमा अवार्ड हस्तान्तरण गरिएको थियो। विभिन्न विधा मध्ये Best Employee Extra Mile अन्तर्गत राजीव डिसी , Best Employee Ideas into Action अन्तर्गत सुरेश राज जोशी , Best Employee Creating and Impact अन्तर्गत रमेश केसी र Best Department of the Year अन्तर्गत कर्पोरेट मार्केटिङ्गले जित हात पारेका थिए। बिजेता सवैलाई प्रमुख कार्यकारी अधिकृत,प्रकाश विक्रम खत्री लगाएत सञ्चालक समिति सदस्यहरुले आवर्ड तथा नगद पुरस्कार हस्तान्तरण गरेका थिए ।

    कार्यक्रमको अर्को चरणमा ईसकन नेपालका सचिव रुपेश्वर गौर दासले कर्पोरेट संसारसँगको आध्यात्मिक सम्बन्ध र कर्पोरेट संसारमा लागु गर्नुपर्ने स्वविवेकका बारेमा ज्ञान दिनुका साथै जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्