News Portal

  • प्रभु महालक्ष्मी लाइफका तीन संस्थापक बाहिरिँदै

    आर्थीकसंसार संवाददाता७ भदौ, २०८१
    १०५ पटक
    ७ भदौ, २०८१

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका तीन संस्थापक सेयरधनी बाहिरिने भएका छन् । कम्पनीका तीन जना संस्थापक सेयरधनीहरूले करिब २ लाख कित्ता संस्थापक सेयर बिक्री गरेर बाहिरिने भएका हुन् ।

    कम्पनीका अनुसार शान्ती प्रधान श्रेष्ठको स्वामित्वमा रहेको १० हजार ९८० कित्ता, विराट कुमार श्रेष्ठको ५० हजार कित्ता र सनराईज होल्डीङ्गस प्रालिको १ लाख ३८ हजार ७ सय कित्ता गरी कुल १ लाख ९९ हजार ६८० कित्ता सेयर बिक्रीमा राखेका हुन् ।

    कम्पनीको उक्त सेयर सर्वसाधारण लगानीकर्ताले समेत खरिद गर्न सक्नेछन् । यसअघि संस्थापक सेयरधनीहरूलाई ३५ दिनको समय दिएको भएपनि खरिद नगरेपछि सर्वसाधारणलाई बिक्री खुला गरिएको हो ।

    प्रतिकृया दिनुहोस्