News Portal

  • नेसनल लाइफको वार्षिक साधारणसभाबाट १४% लाभांश अनुमोदन

    आर्थीकसंसार संवाददाता७ भदौ, २०८१
    १२९ पटक
    ७ भदौ, २०८१

    काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको आज सम्पन्न ३६ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७९।८० लाभांश अनुमोदन भएको छ।

    काठमाडौंको लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा सम्पन्न सभाले उक्त आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजी ५ अर्ब १ करोड १६ लाख ६६ हजार ४२५ रुपैयाँको कुल १४ प्रतिशत लाभांश अनुमोदन गरेको हो। जसमा १० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर रहेको छ। सभाले नगद लाभांश र बोनस शेयरबापतको कर प्रयोजनका लागि ३ करोड ६९ लाख २८ हजार ६८.३९ रुपैयाँ नगद लाभांश पनि स्वीकृत गरेको छ।

    सभाले कम्पनी ऐन, २०६३ को दफा १०५ (१)ग बमोजिम आव २०७९।८० मा भएको खर्च अनुमोदन गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ। आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि सभाले स्वीकृत गरेको छ। आव २०८०।८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक पनि निर्धारण गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ।

    लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले गत साउन २४ गते १ दिन बुक क्लोज गरेको थियो। यसको मतलब साउन २३ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउनेछन्।

    प्रतिकृया दिनुहोस्