News Portal

  • जनताको अधिकार खोस्न संविधान संसोधन गर्न लागिएको होइन : उपप्रधानमन्त्री सिंह

    आर्थीकसंसार संवाददाता३ भदौ, २०८१
    ३९ पटक
    ३ भदौ, २०८१

    काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधान संशोधन गरेर जनताको अधिकार खोस्न खोजेको भनेर भइरहेको प्रचारमा सत्यता नभएको बताइएका छन् ।

    काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेस र नेकपा (एमाले) जनताको अधिकारका लागि लडेको दल भएको जिकिर गरे । उनले भने, ‘संविधान संशोधन गरेर सरकारले भएको अधिकांश व्यवस्था कटौती गर्छ भन्ने दुष्प्रचार भइरहेको छ, कांग्रेस र एमाले अधिकारका लागि लडेको दल हो, यी दुई दल सरकारमा गएर त्यो कटौती हुँदैछ भनेर गरिएको हल्लामा कुनै सत्यता छैन ।’

    राजनीतिक स्थायित्व दिन कांग्रेस एमालेसँग मिलेको उपप्रधानमन्त्री सिंहले बताए । ‘सातरआठ महिनामा सरकार परिवर्तन भइराख्ने, टिक्ने वा नटिक्ने अन्योलमा रहने सरकारले केही गर्न नसक्ने भएकाले ठूला दुई दल मिलेको छौँ, यो सरकार बनेपछि अर्थतन्त्रलाई लयमा ल्याउन सकारात्मक प्रयास भइरहेको छ, अर्थतन्त्रलाई अगाडि बढाउन सरकारले काम गरेर देखाउँछ,’ उनले भने ।

    उपप्रधानमन्त्री सिंहले राजनीतिक स्थायित्व दिन र मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि कांग्रेस र एमाले गठबन्धन सरकार बनेको बताए । अर्थतन्त्रलाई लयमा ल्याउन दायित्व अहिलेको सरकारको काँधमा आएको उनको भनाइ थियो ।

    प्रतिकृया दिनुहोस्