News Portal

  • लिबर्टीको विशेष साधारण सभा सम्पन्न, ३० प्रतिशत आईपीओ जारी गर्ने

    आर्थीकसंसार संवाददाता३२ साउन, २०८१
    १०९ पटक
    ३२ साउन, २०८१

    काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न भएको छ । कम्पनीको प्रधान कार्यालय पोखरामा श्रावण ३१ गते सभा सम्पन्न भएको हो ।

    सभामाबाट कम्पनीको जारी पुँजीको ३० प्रतिशत प्राथमिक सर्वजनिक निष्काशन गर्ने प्रस्ताव पास भएको छ । सर्वसाधारण समूहका लागि छुट्टाइएको ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता अईपीओ सेयर जारी गर्न प्रस्ताव पारित भएको हो ।

    नेपाल बीमा प्राधीकरणबाट लघु जीवन बीमा कम्पनीहरुका लागि जारी निर्देशिकाको अधीनमा रही लगानी गरी उपयोग गरिने निर्णय पारित पारित भएको कम्पनीले जनाएको छ ।

    सोही विशेष साधारण सभाबाट आईपीओ निष्काशन गर्नका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्यितारी प्रदान गर्ने निर्णय भएको छ ।

    प्रतिकृया दिनुहोस्