News Portal

  • बीमा गरेका १ लाख १३ हजार बढीले गरे पोलिसी सरेण्डर, एलआईसी र नेपाल लाइफलाई बढी धक्का

    आर्थीकसंसार संवाददाता२९ साउन, २०८१
    ४६ पटक
    २९ साउन, २०८१

    काठमाडौं । गत आर्थिक वर्ष २०८०/०८१ मा १ लाख १३ हजार ९७६ जनाले बीमा पोलिसी सरेण्डर गरेका छन् । आर्थिक मन्दीदेखि विविध करणले गर्दा एक वर्षमा उक्त संख्यामा बीमा सरेण्डर भएको हो । यसरी सरेण्डर हुँदा १४ अर्ब ५० करोड १२ लाख रुपैयाँ बीमा कम्पनीहरूबाट बाहिरिएको छ ।

    आघिल्लो आव २०७९/०८० को तुनामा गत आव २०८०/०८१ मा बीमा पोलिसि सरेण्डर गर्नेको संख्या ९.०६ प्रतिशतले बढेको छ । अघिल्लो आवमा सरेण्डर गर्नेहरूको संख्या १ लाख ४ हजार ५०६ थियाे ।

    यसैगरी, सरेण्डर रकम भने १.५८ रुपैयाँले बढेको छ । अघिल्लो आवमा १४ अर्ब २७ करोड ५४ लाख रुपैयाँ बरोरको सरेण्डर भएको थियो ।

    संख्याका आधारमा सबैभन्दा धेरै सरेण्डर लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआईसी) बाट भएको छ । एलआईसीबाट ३० हजार ३०९ जनाले पोलिसि सरेण्डर गरेका छन् । सरेण्डर रकम भने नेपाल लाइफको उच्च रहेको छ ।

    पोलिसि सरेण्डर हुँदा नेपाल लाइफबाट ४ अर्ब ४१ करोड ३९ लाख रुपैयाँ बाहिरिएको छ । एलआईसीबाट भने ४ अर्ब ३० करोड ३९ लाख रुपैयाँ सरेण्डबापत बाहिरिएको छ ।

    नेपाल लाइफमा बीमा गरेका २८ हजार ६२७ जनाले पोलिसी सरेण्डर गरेका हुन् ।

    यता राष्ट्रिय जीवन बीमा कम्पनीबाट १३ हजार ९४१ जनाले पोलिसी सरेण्डर गर्दा १ अर्ब १० करोड ४८ लाख रुपैयाँ बाहिरिएको प्राधिकरणको तथ्यांकले देखाउँछ ।

    यसैगरी हिमालयन लाइफबाट ७ हजार ८१० जनाले सरेण्डर गर्दा १ अर्ब २ करोड ९५ लाख र नेशनल लाइफबाट ७ हजार ५ सय जनाले सरेण्डर गर्दा १ अर्ब १ करोड ८० लाख रुपैयाँ बाहिरिएको छ ।

    कुन कम्पनीको कति सरेण्डर ?

    प्रतिकृया दिनुहोस्