News Portal

  • आईएमई लाइफ इन्स्योरेन्सले गर्यो वृक्षारोपण

    आर्थीकसंसार संवाददाता२८ साउन, २०८१
    १६५ पटक
    २८ साउन, २०८१

    काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स छैठौँ वर्ष पुरा गरी सातौँ वर्षमा प्रवेश गरेको छ ।

    उक्त अवसरमा इन्स्योरेन्सले देशैभर विभिन्न कार्यक्रमहरु आयोजना गरी सप्ताहव्यापी रुपमा मनाउने भएको छ । सातौँ वार्षिकोत्सवको अवसरमा विभिन्न ७ वटा कार्यक्रमहरु आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ ।

    जस अन्तर्गत २७ गते आईतबार देखि १ गते शनिबार सम्म वृक्षारोपण कार्यक्रम, बीमा साक्षरता कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा सामग्री वितरण कार्यक्रम, विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण, सेनिटरी प्याड मसिन हस्तान्तरण, प्रभातफेरी कार्यक्रम लगायतका कार्यक्रमहरु सम्पन्न गर्ने जनाएको छ ।

    आईतबार कम्पनीले पोखरा महानगरपालिका स्थित ग्रीन पार्क,  कञ्चनपुर जिल्ला, शुक्लाफाटस्थित बृन्दाबन सामुदायिक वन, सल्यान जिल्ला छाँपडाडा तथा बाँके जिल्ला स्थित सितल छायासामुदायिक वनमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

    प्रतिकृया दिनुहोस्