काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा ६१ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २३ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीले गत वर्ष १५६.६७ प्रतिशत बढी नाफा गरेको हो ।
गत असारसम्म कम्पनीको खुद बीमाशुल्क ९०.५६ प्रतिशत बढेर १ अर्ब ४१ करोड ८२ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ७४ करोड ४२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
यस्तै कम्पनीको खुद दाबी भुक्तानी ६४.१२ प्रतिशत बढेर ७४ करोड ८१ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४५ करोड ५८ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।
गत वर्ष कम्पनीको कुल आम्दानी ८९.६३ प्रतिशत बढेर २ अर्ब ३६ करोड ५४ लाख रुपैयाँ र कुल खर्च ६४.४३ प्रतिशत बढेर १ अर्ब ४९ करोड ९ लाख रुपैयाँ गरेको छ ।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ३ अर्ब २ करोड रुपैयाँ, विशेष जगेडा कोष २७.२४ प्रतिशत बढेर १ अर्ब ७२ करोड ५७ लाख रुपैयाँ, महाविपत्ती कोष २९.४२ प्रतिशत बढेर ८ करोड १२ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्ग ३४ करोड ६२ लाख रुपैयाँ र अन्य इक्विटी १४.२२ प्रतिशत बढेर ५० करोड ३३ लाख रुपैयाँ रहेको छ ।
नाफासँगै इन्स्योरेन्सको प्रतिसेयर आम्दानी (ईपीएस)१२.३३ रुपैयाँ बढेर २०.२१ रुपैयाँ पुगेको छ । इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ १८७.७० रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २७.६१ गुणा रहेको छ ।
गत वर्ष कम्पनीले २ लाख ३२ हजार ५२३ वटा बीमालेख बिक्री गरेको छ भने ५१ हजार ७३२ वटा बीमालेख नवीकरण भएको जनाएको छ । गत असारसम्म कम्पनीले १ अर्ब २६ करोड ३१ लाख रुपैयाँ दीर्घकालिन लगानी र ४ अर्ब ३७ करोड ३१ लाख रुपैयाँ सर्टटर्म लगानी गरेको छ ।