News Portal

  • इन्फिनिटी लघुवित्तको संस्थापक शेयर सर्वसाधारणमा जारी

    आर्थीकसंसार संवाददाता२७ साउन, २०८१
    ३८ पटक
    २७ साउन, २०८१

    काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ । कम्पनीले संस्थापक शेयरधनीको नामको ४८ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला गरेको हो ।

    कम्पनीले यसअघि संस्थापक शेयरधनीहरुले खरिद गर्न पाउने गरी ३५ दिने सूचना जारी गरेको थियो । सो समयभित्र कुनै पनि संस्थापक शेयरधनीबाट कुनै पनि आवेदन नपरेपछि संस्थापक र सर्वसाधारण दुबैले खरिद गर्न पाउने गरी पुनः बिक्री ल्याएको हो ।

    उक्त शेयर खरिद गर्न इच्छुकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बर्दाघाट सुस्ता पूर्व (नवलपरासी) गैंडाकोट–२ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा आइपुग्ने गरी निवेदन दिनु पर्नेछ ।

    प्रतिकृया दिनुहोस्