News Portal

  • टीआरसी विधेयक कानुन समितिबाट पारित

    आर्थीकसंसार संवाददाता२४ साउन, २०८१
    ३० पटक
    २४ साउन, २०८१

    काठमाडौं । संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिबाट पारित भएको छ ।

    सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई सर्वसम्मत रुपमा पारित गरेको हो ।

    विधेयकमा सन्दर्भमा देखिएका विवादहरुलाई राजनीतिक दलले कार्यदल बनाएर सहमति गरेको थियो । विवादित विषयहरूमा सहमति भएसँगै १८ वर्षपछि विधेयक अघि बढेको हो ।

    बैठकमा समिति सभापति विमला सुवेदीले प्रतिवेदनको मस्यौदालाई प्रस्तुत गरिएको रूपमा नै पारित भएको घोषणा गरिन् । उनले समितिबाट पारित भएको विधेयकलाई संसद्‌को अर्को बैठकमा पेस गर्ने गरि पत्राचार गर्ने बताइन् ।

    त्यस्तै, बैठकमा कानुनमन्त्री अजयकुमार चौरसियाले मानवअधिकार उलंघनमा पीडितलाई न्याय दिने, गल्ती गर्नेलाई सजाय गर्ने लगायतका विभिन्न सवालमा दलहरूबीच भएको सहमति महत्त्वपूर्ण रहेको बताए ।

    प्रतिकृया दिनुहोस्