News Portal

  • कामना सेवा विकास बैंकको सेयर बिक्रीमा

    आर्थीकसंसार संवाददाता२४ साउन, २०८१
    ५७ पटक
    २४ साउन, २०८१

    काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरूको संस्थापक सेयर बिक्रीमा राखेको हो ।

    बैंकका अनुसार विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको १ लाख ६ हजार ६३६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

    बैंकले बिक्रीमा राखेको उक्त सेयरको मूल्य भने सार्वजनिक गरेको छैन । यदि ३५ दिनभित्र संस्थापकहरूले खरिद नगनरेमा उक्त सेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्