News Portal

  • नेसनल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    आर्थीकसंसार संवाददाता२३ साउन, २०८१
    २९६ पटक
    २३ साउन, २०८१

    काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज साउन २३ गते अन्तिम दिन रहेको छ।

    लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले भोलि साउन २४ गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब आज साउन २३ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

    कम्पनीले आफ्नो ३६ औँ वार्षिक साधारणसभा आउँदो भदौ ७ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाडौंको लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ।

    सभाले आर्थिक वर्ष २०७९।८० का लागि प्रस्तावित चुक्तापुँजी ५ अर्ब १ करोड १६ लाख ६६ हजार ४२५ रुपैयाँको कुल १४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर रहेको छ। सभाले नगद लाभांश र बोनस शेयरबापतको कर प्रयोजनका लागि ३ करोड ६९ लाख २८ हजार ६८.३९ रुपैयाँ नगद लाभांश स्वीकृत गर्नेछ।

    सभाले कम्पनी ऐन, २०६३ को दफा १०५ (१)ग बमोजिम आव २०७९।८० मा भएको खर्च अनुमोदन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

    आव २०७९।८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि सभाले स्वीकृत गर्नेछ। आव २०८०।८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक पनि सभाले निर्धारण गर्नेछ।

    प्रतिकृया दिनुहोस्