आर्थीकसंसार संवाददाता२३ साउन, २०८१
२३ साउन, २०८१काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले विशेष साधारणसभा डाकेको छ।
संस्थाको सञ्चालक समितिको बैठकले विशेष साधारणसभा आउँदो भदौ ७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा भक्तपुरको पलाँसेस्थित होटल प्यालिसेड रिसोर्टमा बिहान १०ः३० बजेबाट हुनेछ।
प्रबन्धपत्र तथा नियमावलीमा संशोधनका सम्बन्धमा नियमनकारी निकायहरुबाट प्राप्त सुझावका आधारमा अगाडि बढ्ने र त्यसको संशोधन तथा परिमार्जन गर्न निर्देशन भएमा सञ्चालक समितिले सोहीबमोजिम गर्न गराउन पनि सभाले अख्तियारी प्रदान गर्नेछ।
विशेष साधारणसभा प्रयोजनार्थ संस्थाले साउन ३१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ उक्त मितिभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो लघुवित्तको विशेष साधारणसभामा भाग लिन पाउनेछन्।