News Portal

  • हिमालयन लाइफले काठमाडौं र ललितपुरका १४ ठाउँमा घरजग्गा किन्दै

    आर्थीकसंसार संवाददाता२३ साउन, २०८१
    ८१ पटक
    २३ साउन, २०८१

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले काठमाडौं र ललितपुरमा घरजग्गा खरिद गर्ने भएको छ । कम्पनीले काठमाडौं र ललितपुरका विचिन्न १४ ठाउँमा घरजग्गा खरिद गर्न लागेको हो ।

    कम्पनीका अनुसार नक्साल, बालुवाटार, महाराजगंज, पुरानो बानेश्वर, नयाँ बानेश्वर, कमलादी, गैरीधारा, बिशालनगर, चावहिल, कोटेश्वर, लगनखेल, कुपण्डोल, पुलचोक, जावलाखेल लगायतका पायक पर्ने वा अन्य उपयुक्त स्थानहरू घरजग्गा खरिद गर्न लागेको हो ।

    जग्गाको क्षेत्रफल ५ रोपनीदेखि माथि हुनुपर्ने कम्पनीले जनाएको छ । इच्छुक घरजग्गाधनीले १५ दिनभित्र बोलपत्र पेस गर्नुपर्नेछ । प्रस्तावित घरजग्गा कम्तीमा २० फिट बाटो भएको सडकसँग जोडिएको हुनुपर्नेछ । बिक्रि गरिने घर जग्गाको प्रति रोपनी मूल्य स्पष्ट खुल्ने गरी अंक र अक्षरमा उल्लेख गर्नुपर्नेछ ।

    प्रतिकृया दिनुहोस्