News Portal

  • थप १ हजार ४ सय ९० जनामा संक्रमण पुष्टि

    आर्थीकसंसार संवाददाता१७ मंसिर, २०७७
    १२१८ पटक
    १७ मंसिर, २०७७

    काठमाडौं । बितेको २४ घण्टामा देशभर १ हजार ४ सय ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ३०० जनाको कोरोना परीक्षण हुँदा महिला ५ सय ६५ र पुरुष ९ सय २५ जनासहित थप १ हजार ४ सय ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
    यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५ सय ६७ जना संक्रमण मुक्त भएका छन् भने ९ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ३६ हजार २ सय ४६ र निको हुनेको संख्या २ लाख १८ हजार १ सय ६१ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै मृतकको कुल संख्या १ हजार ५ सय ३८ पुगेको छ । यसैबीच देशभर सक्रिय संक्रमित १६ हजार ४ सय ५७ जना रहेका छन् भने हालसम्म कोरोना निको हुने दर ९२.३ प्रतिशत रहेको छ ।

    प्रतिकृया दिनुहोस्