News Portal

  • मेट लाइफका उत्कृष्ट प्रदर्शन गर्ने अभिकर्ता सिनर्जी मिटमा सम्मान

    आर्थीकसंसार संवाददाता२२ साउन, २०८१
    ९७ पटक
    २२ साउन, २०८१

    काठमाडौं । मेट लाइफ नेपालले हालै आफ्नो दोस्रो त्रैमासिकको सिनर्जी मिटको आयोजना गरेको छ । सो विशिष्ट कार्यक्रम मेटलाइफ नेपालले २०२४ को दोस्रो त्रैमासिकमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने फिल्ड फोर्स, युनिट म्यानेजर र एजेन्सी म्यानेजरहरुलाई सम्मान गरेको थियो ।

    यस कार्यक्रमले मेटलाइफको अभिकर्ता टोलीका सदस्यहरूको निरन्तर प्रयास र उत्कृष्ट प्रदर्शनलाई सम्मान गरेको छ । यस कार्यक्रमले कम्पनी सित आबद्ध हुने नयाँ अभिकर्ताहरुलाई उत्प्रेरक प्लेटफर्म प्रदान गर्दछ र शीर्ष प्रदर्शन गर्ने अभिकर्ताहरुको सफलताका कथाहरू सबै माझ प्रदर्शन गर्ने मौका मिलेको छ ।

    कार्यक्रमले सबै सहभागीहरूलाई उनीहरूको प्रतिस्पर्धात्मक प्रयास कायम राख्न र उनीहरूको प्रयासमा उत्कृष्टताको लागि थप मेहनत गर्न उत्प्रेणा मिलेको छ । उक्त अवसरमा मेटलाइफका एसिया वितरण प्रमुख यङ हो हान र मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठसँगै कम्पनीका वितरण प्रबन्धकहरूको पनि उपस्थिति रहेको थियो । उनीहरुले अभिकर्ताहरुको उत्कृष्ट उपलब्धिहरू प्रति प्रशंसा व्यक्त गर्दै, सबै सहभागी अभिकर्ताहरुलाई आफ्नो कार्यसम्पादनलाई अझ उचाइमा राख्न प्रोत्साहित गरेका थिए ।

    कार्यक्रममा अभिकर्ताहरुको उल्लेखनीय योगदानको स्मरण गर्दै विभिन्न ट्रफी, पुरस्कार र प्रशंसा चिन्ह प्रदान गरिएको थियो । यो त्रैमासिक कार्यक्रमले मेटलाइफका अभिकर्ताहरुको कडा परिश्रम र सफलतालाई स्वीकार गर्दै कम्पनीको उत्कृष्टता र लगनशीलताको संस्कृतिलाई पनि बलियो बनाउने कम्पनीले विश्वास व्यक्त गरेको छ ।

    प्रतिकृया दिनुहोस्