News Portal

  • समता घरेलु लघुवित्तमा थपियो १४.८४ लाख कित्ता शेयर

    आर्थीकसंसार संवाददाता१८ साउन, २०८१
    ३११ पटक
    १८ साउन, २०८१

    काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको नाममा १४ लाख ८४ हजार बढी कित्ता शेयर थपिएको छ।

    नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार समता घरेलु लघुवित्तको नाममा १४ लाख ८४ हजार ७८५ कित्ता शेयर थपिएको हो। यो शेयर मनकामना स्मार्ट लघुवित्तको हो। मनकामना स्मार्ट लघुवित्तलाई समताले १ः१ अनुपातमा प्राप्ति गरेको थियो।

    अब उक्त शेयर समता घरेलु लघुवित्तको नाममा कारोबार खुल्नेछ। मनकामना स्मार्ट लघुवित्तको सूचीकरण भने खारेज गरिएको नेप्सेले जनाएको छ।

    प्रतिकृया दिनुहोस्