News Portal

  • हिमालयन लाइफबाट म्यूचल ट्रेडिङ र हिमालयन एक्जिम बाहिरिँदै

    आर्थीकसंसार संवाददाता१७ साउन, २०८१
    १६७ पटक
    १७ साउन, २०८१

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सबाट दुई संस्थापक सेयरधनी बाहिरिने भएका छन् । इन्स्योरेन्समा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गरेर संस्थापक सेयरधनी म्यूचल ट्रेडिङ कम्पनी प्रालि र हिमालयन एक्जिम प्रालि बाहिरिने भएका हुन् ।

    यी दुई कम्पनीले आफ्नो स्वामित्वमा रहेको ४ लाख ५६ हजार ५३३ कित्ता सेयर बिक्रीमा राखेका हुन् । जसमध्ये म्यूचल ट्रेडिङ कम्पनीले २ लाख २८ हजार ६७८ कित्ता र हिमालयन एक्जिम २ लाख २७ हजार ८५५ कित्ता सेयर बिक्रीमा राखेका हुन् ।

     

    कम्पनीले बिक्रीमा राखेको उक्त सेयर खरिद गर्न इच्छक विद्यमान संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यस सो अवधिमा संस्थापकको आवेदन नपरेमा सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्