काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै आर्थिक वर्ष २०८१/८२ मा विभिन्न समयमा तालिम सञ्चालन गर्न लागेको बताएको हो ।
उक्त तालिममा सहभागि हुनका लागि एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । इच्छुक व्यक्तिले कम्पनीको नजिकको शाखा कार्यालय, प्रादेशिक कार्यालय तथा केन्द्रीय कार्यालयमा सम्पर्क गरी तालिममा सहभागी हुन सक्नेछन् ।