News Portal

  • कुमारी बैंकका ग्राहकलाई होटल सांग्रिलामा छुट

    आर्थीकसंसार संवाददाता१७ मंसिर, २०७७
    १२३४ पटक
    १७ मंसिर, २०७७

    काठमाडौं । कुमारी बैंक र पाँचतारे होटल सांग्रिला प्राइभेटबीच सम्झौता भएको छ । उक्त सम्झौता भएसँगै बैंकका ग्राहकले सोही होटलअन्तर्गतका विभिन्न रेस्टुराँ तथा आउटलेटहरुमा खानपिन गर्दा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
    सो सम्झौतापत्रमा बैंकका मार्केटिङ प्रमुख नवीनमुनि वज्राचार्य र होटलका सेल्स तथा मार्केटिङ निर्देशक साँगे तेञ्जिङ लामाले हस्ताक्षर गरेका थिए । सम्झौतासँगै होटल सांग्रिलाका विभिन्न सेवामा बैंकका डेबिट÷क्रेडिट कार्डवाहकलाई आकर्षक छुटको व्यवस्था गरिएको छ ।

    प्रतिकृया दिनुहोस्