News Portal

  • मेटलाइफ र कर्मयोग फाउन्डेशनको साझेदारीमा विद्यालयमा अन्तरक्रियात्मक प्लेस्केपको निर्माण

    आर्थीकसंसार संवाददाता८ साउन, २०८१
    ४९ पटक
    ८ साउन, २०८१

    काठमाडौं । मेटलाइफ नेपालले कर्मयोग फाउन्डेशनसँग करिब २५० विद्यार्थीहरुलाई लाभ हुने गरि इटहरी १६ स्थित, लविपुरको श्री जब्दी आधारभूत विद्यालयमा एक अन्तरक्रियात्मक प्लेस्केप निर्माण गर्ने साझेदारी गरेको छ । विद्यार्थीहरूको शैक्षिक अनुभव र संज्ञानात्मक विकासलाई अभिवृद्धि गर्ने उद्देश्यले एउटा महत्वपूर्ण परियोजनामा पाइला टेक्दै यस्तो सहयोग गरेको हो ।

    यस डिजाइन गरिएको प्लेस्केपले सिकाइसँग खेल मिलाउदै, बालबालिकाहरुलाई जीवन्त र उत्साहजनक वातावरण हुने कम्पनीको विश्वास छ । यसले सबै बालबालिकाहरू बीच रचनात्मकता, शारीरिक गतिविधि, र बौद्धिक विकासलाई बढावा दिने उद्देश्यका साथ क्लाइम्बिंग स्ट्रकचर , संवेदी खेल क्षेत्रहरू, र शैक्षिक खेलहरू जस्ता विभिन्न अन्तरक्रियात्मक तत्वहरू समावेश गर्दछ । यो पहल मेटलाइफको समावेशी सामाजिक उत्तरदायित्व योजनाको एक हिस्सा हो जसले नेपालमा शिक्षा र सामुदायिक कल्याणलाई समर्थन गरेको छ ।

    यस पहल अन्तर्गत, मेटलाइफले विद्यालयमा अन्तरक्रियात्मक प्लेस्केप विकास गर्नको लागि ग्रामीण नेपालका पिछडिएका समुदायको समग्र उत्थानका लागि काम गर्ने संस्था, कर्मयोग फाउन्डेशनलाई रु ७००,००० को सहयोग उपलब्ध गराएको छ । यस प्लेस्केपले विद्यार्थीहरूको विशेष आवश्यकताहरू र क्षेत्रको सांस्कृतिक सन्दर्भसँग मिल्दोजुल्दो छ भनी सुनिश्चित गर्न स्थानीय वास्तुकारहरू, शिक्षकहरू र समुदायका सदस्यहरूलाई संयुक्त प्रयासमा समावेश गर्न कम्पनीले सहयोग गरेको छ ।

    प्रतिकृया दिनुहोस्