आर्थीकसंसार संवाददाता८ साउन, २०८१
८ साउन, २०८१काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न आग्रह गरेको छ । ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागमार्फत जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकोले वेबसाइट वा मोबाइल बैंकिङ एपबाट प्यान अद्यावधिक गर्न आग्रह गरेको हो ।
आफूलाई पायक पर्ने जुनसुकै शाखा कार्यालयबाट समेत प्यान अद्यावधिक गर्नका लागि आवेदन दिन सकिने कम्पनीले बताएको छ । बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी बापत काटिएको करलाई ई(टीडीएस रेकर्डमा जनाउनका लागि प्यान अत्यावश्यक रहेको बैंकले जनाएको छ ।