News Portal

  • राष्ट्रिय बीमा कम्पनीको कृषी पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम सम्पन्न

    आर्थीकसंसार संवाददाता७ साउन, २०८१
    २५२ पटक
    ७ साउन, २०८१

    काठमाडौं । राष्ट्रिय वीमा कम्पनी लिमिटेडले अभिकर्ता बीमा, कृषी पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । यही साउन २ गतेदेखी साउन ५ गतेसम्म कम्पनीको उपशाखा कार्यालय जुम्लामा निर्जीवन वीमा अभिकर्ता आधारभुत तालिम र कृषी,पशुपन्छी तथा जडिबुटी वीमा अभिकर्ता तालिमका साथै परीक्षा कार्यक्रम सम्पन्न भएको हो ।

    कम्पनीका व्यवस्थापक तथा वजार विभाग प्रमुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो तालिम कार्यक्रममा मध्य वर्षायाममा पनि २४ जना प्रशिक्षार्थीहरुको उत्साहजनक सहभागिताले देशको दुरदराजमा पनि बीमाको आवश्यकता उत्तिकै रहेको दर्शाएको छ ।
    त्यस्तै, राष्ट्रिय बीमा कम्पनी लिमिटेड राष्ट्रको दुरदराज तथा विकट क्षेत्रका जनताको घरदैलोमा पुगि बीमााको माध्यमबाट जनतालाई लाभान्वित गराउने उदेश्यकासाथ अघि बढेको वजार विभाग प्रमुख देवराज घिमिरेले बताए ।

    सो तालिम कार्यक्रममा व्यवस्थापक देवराज घिमिरे,सह–व्यवस्थापक अर्जुन पौडेल ,सहायक व्यवस्थापक सन्तोष के.सीले प्रशिक्षकको भुमिका निभाएका थिए । राष्ट्रिय बीमा कम्पनी लिमिटेड जुम्ला उपशाखाका प्रमुख लाकेन्द्र राउतले सहजिकरण गरेका थिए । तालिम कार्यक्रम सहभागी प्रशिक्षार्थीहरुले तालिम कार्यक्रम धेरै नै प्रभावकारी रहेको धारणा राखे ।

    प्रतिकृया दिनुहोस्