News Portal

  • पूर्वप्रधानमन्त्री चन्द भेट्न वीर अस्पताल पुगे उद्योगमन्त्री भण्डारी

    आर्थीकसंसार संवाददाता५ साउन, २०८१
    ७१ पटक
    ५ साउन, २०८१

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले शनिबार पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई भेटेरै स्वास्थ्य लाभको कामना गरेका छन् ।

    बिहीबारदेखि वीर अस्पतालमा उपचाररत ८५ वर्षीय पूर्वप्रधानमन्त्री चन्दलाई निमोनियाको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको उनका छोरा अरुण चन्दले जानकारी दिए ।

    उनका अनुसार अहिले स्वास्थ्यमा क्रमिक सुधार भइरहेको र मङ्गलबारसम्म ‘डिस्चार्ज’ हुने अपेक्षा गरिएको छ ।

    पूर्वप्रधानमन्त्री चन्द भेट्न उद्योगमन्त्री भण्डारी एमालेका सुदूरपश्चिम प्रदेश सचिव रणबहादुर चन्दसहित वीर अस्पताल पुगेका थिए ।

    प्रतिकृया दिनुहोस्