News Portal

  • आईएमई लाइफ इन्स्योरेन्सले पायो ‘ट्रिपल बी प्लस’ रेटिङ

    आर्थीकसंसार संवाददाता३ साउन, २०८१
    २४८ पटक
    ३ साउन, २०८१

    काठमाडाैं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ‘केयर-एनपी ट्रिपल बि प्लस’ रेटिङ प्राप्त गरेको छ ।

    रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले समयमा नै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यमस्तरको सुरक्षित कम्पनी जनाउँछ।

    कम्पनीले आफ्ना लगानीकर्ता तथा सम्पूर्ण हितकारीहरूको सुरक्षाको निम्ति आफ्ना जोखिमहरूलाई न्यूनीकरण गर्दै लगेको समेत यस रेटिङले थप पुष्टि गर्ने कम्पनीकाे भनाइ छ ।  कम्पनीले अघिल्लो वर्ष  पनि ‘केयर-एनपी ट्रिपल बि’ रेटिङ पाएकाे  थियो ।

    रेटिङ एजेन्सीले आर्थिक वर्ष २०८०/८१ मा हकप्रद तथा सार्वजनिक सेयर जारी गरे पश्चातको कम्पनीको नेट वर्थ वृद्धिलाई पनि मूल्यांकन गरेको छ, जसले गर्दा आव २०८०/८१ को अन्त्यमा लगानी आधारमा वृद्धि र वित्तीय स्वस्थतामा सुधार भएको कम्पनीले जनाएकाे छ ।

    कम्पनीले नियमनकारी निकायले तोकेअनुसार आफ्नो चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुर्याएको छ ।

    प्रतिकृया दिनुहोस्