News Portal

  • नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको सवा ३ लाख बढी कित्ता शेयर बिक्रीमा

    आर्थीकसंसार संवाददाता३ साउन, २०८१
    २६९ पटक
    ३ साउन, २०८१

    काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको सवा ३ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ३ लाख २८ हजार ९८० कित्ता शेयर बिक्रीमा राखिएको हो।

    हाललाई यो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। यसका लागि ३५ दिनको समय दिइएको छ।

    इच्छुक संस्थापक शेयरधनीहरुले के–कति रकममा खरिद गर्ने हो सोसमेत खुलाई काठमाडौंको लाजिम्पाटस्थित शाखा कार्यालयमा निवेदन दिन सक्नेछन्।

    तोकिएको समयभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

    प्रतिकृया दिनुहोस्