आर्थीकसंसार संवाददाता२ साउन, २०८१
२ साउन, २०८१काठमाडौं । निर्जीवन बीमक शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षमा ५ अर्ब रूपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ। इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७९।८० को तुलनामा बीमाशुल्क आम्दानीमा २.८८ प्रतिशतले वृद्धि हासिल गर्दै कुल बीमाशुल्क आम्दानी ५ अर्ब ४७ करोड ३ लाख रूपैयाँ पुर्याउन सफलता पाएको हो ।
अघिल्लो आव २०७९।८० मा यो इन्स्योरेन्सले कुल ५ अर्ब ३१ करोड ७१ लाख रूपैयाँ बीमाशुल्क आम्दानी गरेको थियो । शिखर इन्स्योरेन्सले गत आवदेखि नै निर्जीवन बीमको इतिहासमै पहिलो पटक ५ अर्ब रूपैयाँ कुल बीमाशुल्क आम्दानीको लक्ष्य पुरा गर्न सफल भएको थियो । यसपटक बीमाशुल्क आम्दानीमा २.८८ प्रतिशतको झिनो वृद्धि हासिल गरेपनि कुल बीमाशुल्क आम्दानीवापतको रकमको आधारमा निर्जीवन बीमकमध्ये अग्रस्थानमा रहेको छ।