News Portal

  • सगरमाथा लुम्बिनी इन्स्योरेन्सले गर्‍यो रू.४.७८ अर्ब बीमाशुल्क आम्दानी

    आर्थीकसंसार संवाददाता१ साउन, २०८१
    ७४ पटक
    १ साउन, २०८१

    काठमाडौं । निर्जीवन बीमक सगरमाथा लुम्बिनी इन्स्योरेन्सले एक वर्षको अवधिमा ४ अर्ब ७८ करोड रूपैयाँ कुल बीमाशुल्क आम्दानी गरेको छ । इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०।८१ मा बीमा व्यवसायमार्फत् यो रकम आर्जन गरेको हो ।

    यो बीमकले अघिल्लो आव २०७९।८० मा ३ लाख २९ हजार ९९६ वटा बीमालेखको बिक्रीमार्फत् कुल ४ अर्ब ५८ करोड २० लाख ३० हजार रूपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कुल बीमाशुल्क आम्दानीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४.३२ प्रतिशतले वृद्धि गरेको छ।

    इन्स्योरेन्सले प्रकाशन गरेको तथ्यांक अनुसार गत आवमा एक वर्षको अवधिभित्र बीमितले २ अर्ब ८३ करोड रूपैयाँ दाबी भुक्तानी समेत पाएका छन् । कसिलो अण्डरराइटिङका कारण इन्स्योरेन्सको दाबी भुक्तानीवापतको रकम अघिल्लो आवको तुलनामा कमि आएको छ। अघिल्लो आव २०७९।८० मा यो बीमकले कुल ३ अर्ब ९ करोड रूपैयाँ दाबी भुक्तानी गरेको थियो ।
    प्रतिकृया दिनुहोस्