News Portal

  • नेपाल बैंकको आधारदर ७.८८ प्रतिशतमा झर्याे, घटायो ब्याजदर

    आर्थीकसंसार संवाददाता३१ असार, २०८१
    ५९ पटक
    ३१ असार, २०८१

    काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालन भइरहेको नेपाल बैंकले निक्षेपकर्तालाई दिने ब्याजदर घटाएको छ । बैंकले साउन महिनाका लागि मुद्दती निक्षेपतर्फको ब्याजदर घटाएको हो । बैंकले विभिन्न खातामा साउन १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएर सार्वजनिक गरेको हो ।

    बैंकले साउनमा मुद्दति निक्षेपकर्तालाई संस्थागततर्फ ४.२५ प्रतिशत र व्यक्तिगततर्फ ६.२५ प्रतिशतसम्म ब्याज प्रदान गर्नेछ । बैंकले रेमिट्यान्स खातामा ७.२५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि असारमा बैंकले संस्थागततर्फ ४.७५ प्रतिशत र ब्यक्तिगततर्फ ६.७५ प्रतिशत ब्याज तोकेको थियो भने रेमिट्यान्समा ७.७५ प्रतिशत प्रदान गरेको थियो ।

    साथै बैंकले साधारण बचततर्फ पनि ब्याजदर सामान्य घटाएको छ । बैंकले साउनमा साधारण बचत खातामा न्यूनतम ३.२० प्रतिशतदेखि अधिकतम ५.२० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि असारमा बैंकले साधारण बचतमा न्यूनतम ३.७५ प्रतिशतदेखि अधिकतम ५.७५० प्रतिशतसम्म ब्याजदर तोकेको थियो ।

    बैंकले आधारदर घटेसँगै कर्जातर्फको ब्याजदर पनि घटेको छ । यसअघि बैंकको आधारदर ७.९६ प्रतिशत रहेकोमा घटेर ७.८८ प्रतिशतमा झरेको छ । बैंकले आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम तोक्न सक्नेछ । बैंकको स्प्रेडदर भने ३.९९ प्रतिशत रहेको छ ।

    प्रतिकृया दिनुहोस्