काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको अठारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार सञ्चालक समितिका अध्यक्ष महेन्द्र कुमार गोयलको अध्यक्षतामा बैंकको अठारौं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
उक्त साधारण सभाले बैंकको आ.व.२०७९/८० को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु पारित गरेको छ ।
प्रादेशिक बैंकको रुपमा झापा जिल्लाको विर्तामोडमा केन्द्रीय कार्यालय रहेको यस बैंकको कार्यक्षेत्र कोशी प्रदेश रहेकोमा हाल झापा, इलाम, मोरङ, पाँचथर, सुनसरी र उदयपुरका विभिन्न ४५ स्थानमा अवस्थित आफ्ना कार्यालयहरु मार्फत ग्राहकहक समक्ष बैंकिङ सेवा प्रदान गरिरहेको छ भने संखुवासभाको खाँदवारी र धनकुटाको धनकुटा बजारमा शाखा सञ्चालनका लागि साजसजावटको कार्य भईरहेको छ र आगामी दिनमा कोशी प्रदेशका अन्य जिल्लाहरुमा समेत शाखा विस्तार गर्दै लैजाने नीति बैंकले लिएको छ ।
यस बैंकको हालसम्म लगानीमा रहिरहेको कर्जा लगभग ११ अर्ब ४१ करोड रुपैयाँ रहेको छ भने निक्षेप संकलन लगभग १४ अर्ब ७१ करोड रुपैयाँ रहेको बताइएको छ ।
सञ्चालक समितिका अध्यक्ष महेन्द्र कुमार गोयल र नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष हेमराज ढकालले संयुक्त रुपमा उद्घाटन गरेकोे उक्त सभामा स्वागत मन्तव्य सञ्चालक राजन शर्माले र सभामा सहभागीहरुलाई सहभागिताका लागि धन्यवाद मन्तव्य सञ्चालक पर्शुराम दाहालले गरेका थिए भने कार्यक्रम सञ्चालन कम्पनी सचिव श्याम बहादुर बोहोराले गरेका थिए ।