News Portal

  • वैवाहिक वर्षगाँठमा नारायणले श्रीमतीलाई दिए १७ लाखको बीमा पोलिसी उपहार

    आर्थीकसंसार संवाददाता२८ असार, २०८१
    ८३ पटक
    २८ असार, २०८१

    काठमाडौं । विवाह, ब्रतबन्ध, वैवाहि वर्षगाँठ, जन्मदिन लगायतका शुभ कार्यमा आफन्तलाई उपहार दिइने चलन वर्षौंदेखि चल्दै आएको छ । समय अनुसार उपहार पनि परिवर्तन हुँदै गएको छ । पहिला दैनिक घरमा आवश्यक सामग्री हरू उपहार दिइन्थ्यो । हाल जीवनकै अमूल्य उपहारका रुपमा बीमा पोलिसी दिइने चलन बढ्दै गएको छ ।

    यसैबीच  वैवाहिक वर्षगाँठको उपलक्ष्यमा चितवन खैरेनी ३ का नारायण सुवेदीले श्रीमती अनिता आचार्य सुवेदीलाई बीमा पोलिसी उपहार दिएका छन् । उनले नेशनल लाइफ इनस्योरेन्स कम्पनीको १७ लाख बीमाङ्क रकमको अमृत श्री सावधिक अग्रिम भुक्तानी पोलिसी उपहार दिएका हुन् । सुवेदी नेशनल लाइफका प्रमुख व्यवसाय प्रबन्धक समेत हुन् ।

    उक्त पोलिसीमा दुई वर्षपछि बीमाङ्कको पाँच प्रतिशत बीमा शुल्क नै कम हुने र थोरै भुक्तानीमा पनि धेरै रक्षावरण सुविधा मिल्ने यस पोलिसीको विशेषता रहेको हुनाले उनले श्रीमतीलाई उक्त पोलिसी उपहार दिएका हुन् । सुवेदीले पाँचौं पोलिसी उपहार दिएका हुन्

    प्रतिकृया दिनुहोस्