News Portal

  • एलआइसी नेपालद्वारा मृत्यु दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता२७ असार, २०८१
    ५४ पटक
    २७ असार, २०८१

    काठमाडौं । एलआइसी नेपाल लिमिटेडले आफ्ना बीमितलाई स्व. लोकेन्द्र शाहीको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । लोकेन्द्रको कर्णाली नदिमा नुहाउने क्रममा पानीमा डुबेर मृत्यु भएपछि मृतककी श्रीमती शिला शाही लाई घरैमा पुगेर बीमा दाबी भुक्तानी गरेको हो ।

    सुखड शाखा प्रवन्धक तर्क ढुङाना तथा एजेन्सी म्यानेजर तेज बहादुर रावल सहितको टोलिले लम्की चुहा न.पा ३ चिसापानी स्थित मृतकका घरमै पुगि रु ५ लाख बराबरको चेक , किस्ता मिनाहा तथा मासिक ५ हाजरपढाई खर्चको पत्र हस्तान्तरण गरेको हो ।

    कैलालीको चिसापनी स्थित ब्यबसाय गर्दै आयका शाहीको होलिको दिन साथिहरुसङ नुहाउने क्रममा पानीमा डुबेर मृत्यु भयेको थियो । उनले सो घट्नाको ४ दिन पहिले मात्र आफ्ना छोराको नाममा एलआइसी नेपालबाट बाल उन्नति जीवन योजना खरिद गरेका थिए । सोही योजना अन्तर्गत किस्ता मिनाहा सुबिधा ,दुर्घटना जोखिम तथा मासिक पढाइ खर्चको सुबिधा मृतकका परिवारलाई दिएको हो ।

    प्रतिकृया दिनुहोस्