News Portal

  • शेयरधनीलाई ५ वर्ष पुरानो नगद लाभांश बुझिलिन सिद्धार्थ बैंकको आग्रह

    आर्थीकसंसार संवाददाता२७ असार, २०८१
    ४० पटक
    २७ असार, २०८१

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ५ वर्ष पुरानो नगद लाभांश रकम बुझिलिन शेयरधनीलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न साधारण सभाबाट पारित भएको नगद लाभांश नलिएका शेयरधनीलाई उक्त रकम बुझिलिन आग्रह गरेको हो ।

    नगद लाभांश लिनका लागि शेयरधनी वा नजिकका हकवालाले सूचना प्रकाशित भएको मितिले १ महिनाभित्र बैंकको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलमा आवश्यक कागजात तथा विवरणसहित सम्पर्क गर्न समेत बैंकले भनेको छ ।

    नगद लाभांश बुझ्न बाँकी शेयरधनीको विस्तृत विवरण बैंकको आधिकारिक वेबसाइटमा राखिएको छ । बैंकले तोकेको यस निर्धारित मितिभित्र पनि शेयरधनी नगद लाभांश बुझिलिन नआएमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले बताएको छ ।

    प्रतिकृया दिनुहोस्