News Portal

  • सिटिजन्स बैंकको सञ्चालकमा ज्ञवाली नियुक्त, बैंकिङ क्षेत्रमा साढे तीन दशक लामो अनुभव

    आर्थीकसंसार संवाददाता२५ असार, २०८१
    ५४ पटक
    २५ असार, २०८१

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सञ्चालकमा अनिल ज्ञवाली नियुक्त भएका छन् । बैंकको असार २४ गते सोमबार बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार ज्ञवालीलाई बैंकको सञ्चालकमा नियुक्त गरेको छ ।

    बैठकले सोमबारदेखि लागु हुनेगरि ज्ञवालीलाई बैंकको सञ्चालकमा नियुक्त गरेको हो । नव नियुक्त सञ्चालक ज्ञवालीसँग बैंकिङ क्षेत्रमा करिव साढे तीन दशक लामो अनुभव रहेको छ ।

    शाखा सञ्चालन तथा जोखिम व्यवस्थापनमा अब्बल तथा अनुभवी बैंकरका रूपमा परिचित ज्ञवालीले विभिन्न वाणिज्य बैंकको महत्वपूर्ण ओहदामा रहि आफ्नो कार्यकुशलता प्रदर्शन गरि सकेका छन् । वाणिज्य बैंकमा सहायक प्रबन्धक बाट बैंकिङ पेशा सुरु गरेका ज्ञवालीसँग नेपालका ठूला २ वटा वाणिज्य बैंक तथा नेपाल पूर्वाधार बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यसम्पादन गरेको लामो अनुभव रहेको छ ।

    फिलिपिन्सबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका ज्ञवालीसँग अन्तर्राष्ट्रिय बैंकमा काम गरेको अनुभव समेत रहेको छ । ज्ञवाली यस अघि पनि यस बैंकको सञ्चालकमा रहिसकेको अनुभव समेत रहेको छ ।

    बैंकले देशैभरी फैलिएका आफ्ना १९४ वटा शाखा, १५७ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करिव १८ लाख ग्राहकलाई बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्