News Portal

  • बैङ्क अफ काठमाण्डूको २६औं साधारणसभा सम्पन्न

    प्रस्तावित १६ प्रतिशत लाभांश पारित

    आर्थीकसंसार संवाददाता१५ मंसिर, २०७७
    १३७९ पटक
    १५ मंसिर, २०७७

    काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको २६औं साधारणसभभा सम्पन्न भएको छ । सो सभाले प्रस्तावित १६ प्रतिशत लाभांश पारितसमेत गरेको छ । सम्पन्न बैंकको २६औं वार्षिक साधारणसभाले बैंक सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।
    सभाले सेयरधनीलाई १३ प्रतिशत बोनस र ३ प्रतिशत नगद (लाभांशमा लाग्ने कर समेत) गरी १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गरेको हो । यससँगै सेयरधनीले गत आर्थिक वर्ष २०७६÷७७ सम्मको बैंकको संचित मुनाफाबाट सो मात्राको लाभांश पाउने छन् ।
    सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभाले समितिको प्रतिवेदन पारित गरेको छ । उक्त सभाले नेपाल राष्ट्र बैंकको निर्देशानुसार नेपाल फाईनान्सियल रिपोर्टिङ्ग स्टाण्डर्ड बमोजिम तयार वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । बीओके बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्