News Portal

  • मुक्तिनाथ बैंकको केन्द्रीय कार्यालय भवन शीलान्यास

    आर्थीकसंसार संवाददाता१५ मंसिर, २०७७
    १३९० पटक
    १५ मंसिर, २०७७

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले काठमाडौ महानगरपालिका–३, लाजिम्पाटस्थित आफ्नै जग्गामा केन्द्रीय कार्यालय भवन निर्माणको लागि भूमि पूजा तथा भवनको शीलान्यास गरेको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालले भवनको भूमि पूजा तथा शीलान्यास गरेका छन् ।
    छिट्टै भवन निर्माण सम्पन्न गरी आफ्नै भवनमा केन्द्रीय कार्यालय स्थानान्तरण गरी सेवालाई थप स्तरीयता र सवल बनाउन बैंकले जनाएको छ । उक्त शीलान्यास कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरु, सेयरधनी तथा ग्राहक महानुभावहरु र कर्मचारीहरु उल्लेख्य सहभागिता रहेकोे थियो ।
    बैंकले कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार र प्रणालीलाई प्रोत्साहन गर्न भिसा नेटवर्कअन्तर्गतको जुनसुकै बैंकको एटिएमबाट बिना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । हाल विकास बैंकको १३८ वटा शाखाहरु रहेका छन् ।

    प्रतिकृया दिनुहोस्