आर्थीकसंसार संवाददाता२३ असार, २०८१
२३ असार, २०८१काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितलाई घातक रोग देखिएपछि अस्पतालमै पुगेर उपचार निम्ति बीमा दाबी भुक्तानी गरेको छ । त्रिपुरेश्वर शाखा प्रवन्धक दिपक पोखरेल सहितको टोलिले त्रि.वि. शिक्षण अस्पताल, महाराजगंजमा पुगी रु २ लाख ४२ हजार एक सय पाँच रुपैया बराबरको चेक हस्तान्तरण गरेको हो ।
रामेछाप दोरम्बा घर भई हाल कागेश्वरी मनोहरा ९, काठमाडौंमा स्थायी बसोवास गर्ने कुनमाया श्रेष्ठ लाई घातक रोग अन्तर्गतको उपचार खर्च उपलब्ध गराइएको हो । उनले २ वर्ष अघी एजेन्सी रेशमलाल श्रेष्ठ मार्फत बीमा गराएको थिइन ।