News Portal

  • राष्ट्रिय वाणिज्य बैंकद्वारा बलियो नेपाललाई आर्थिक सहयोग

    आर्थीकसंसार संवाददाता१४ मंसिर, २०७७
    १३१९ पटक
    १४ मंसिर, २०७७

    काठमाडौं । राष्ट्रिय वाणिज्य ‘बलियो नेपाल न्यूट्रिशन ईनिशियटिवलाई पोषणयुक्त खानेकुरा वितरण गर्नका लागि आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत समाजिक उत्तरदायित्वअन्तर्गत बलियो नेपाल न्यूट्रिशन ईनिशियटिवलाई पोषणयुक्त खानेकुरा वितरण गर्नको लागि आर्थिक सहयोग गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले एक कार्यक्रममा बलियो नेपाल न्यूट्रिशन ईनिशियटिवका प्रमुख कार्यकारी अधिकृत डा. अतुल उपाध्यायलाई सहयोग गरेका छन् ।
    यस किसिमको सहयोगबाट बर्दिया, कपिलवस्तु र नवलपरासी पश्चिमका क्षेत्रका विजयपुर, पालिनन्दन, प्रतापपुर र सुस्ता गाउँपालिकाका बालबालिकालाई ६० दिनसम्म पोषणयुक्त खानेकुरा वितरण गरिने बैंकले जनाएको छ ।
    सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले स्वास्थ्य, वातावरण संरक्षण, शिक्षा, खेलकुद, वित्तीय साक्षरतालगायतको क्षेत्रमा मात्र नभएर बालबिालिकालाई पोषणयुक्त खानेकुरा वितरणमा पनि बैंकले सिएसआरमार्फत सहयोग गरेको बताए । बलियो नेपाल न्यूट्रिशन ईनिशियटिवका प्रमुख कार्यकारी अधिकृत डा. अतुल उपाध्यायले दुई वर्षभन्दा कम उमेर समूहका बालिबालिकालाई पोषणयुक्त खानेकुरा वितरणको लागि लुम्बिनी प्रदेशलाई पाइलट प्रोजेक्टको रुपमा चयन गरिएको बताए ।

    प्रतिकृया दिनुहोस्