News Portal

  • आइएमई लाइफद्वारा मृत्यु दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता१९ असार, २०८१
    २४३ पटक
    १९ असार, २०८१

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर १४ कि गौमाया खड्काको घरमा काम गर्दागर्दै एक्कासि बेहोस भई उपचारको लागि हस्पिटल लैजादै गर्दा गत जेष्ठ १४ गते मृत्यु भएको थियो।

    मृतक गौमायाले गरेको बीमा अनुसार सम्पूर्ण प्रक्रिया पुरा गरेपश्चात उनको छोरा निशान्त खड्कालाई ३ लाख ५० हजार रुपैयाँको बीमा दावी भुक्तानी गरेको हो ।

    मृत्यु दावी भुक्तानीका लागि सम्पूर्ण कागजात सहित निवेदन प्राप्त भएकोले आइएमई लाइफ इन्स्योरेन्सले मूत्यु दावी भुक्तानी गरेको हो। कम्पनीको मेहेलकुना उपशाखाले मृतकको घरमा गई दावी भुक्तानी दिएको हो।

    मृतकको परिवारलाई आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड मेहेलकुना उपशाखा प्रमुख दिपक बहादुर रावत लगाएतले बीमा बापतको रकम हस्तान्तरण गरेका थिए ।

    प्रतिकृया दिनुहोस्