News Portal

  • माछापुच्छ्रे बैंकको २२ औंं वार्षिक साधारणसभा पौष २ गते हुने

    आर्थीकसंसार संवाददाता१४ मंसिर, २०७७
    १२७६ पटक
    १४ मंसिर, २०७७

    काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले २२औंं वार्षिक साधारणसभा आगामी पौष २ गते सम्पन्न हुने भएको छ । बैंकले २२ औं वार्षिक साधारणसभा आउँदो पौष २ गतेका लागि आह्वान गरेको छ । यसअघि कार्तिक ६ गते, होटल पोखरा ग्राण्ड, पार्दि, पोखरामा गरिने भनिएको सभा कोरोना संक्रमण र चाडपर्वको कारण शेयरधनीहरूलाई साधारणसभामा भाग लिन कठिनाई हुने परिस्थितिलाई मध्यनजर गर्दै स्थगित गरिएको थियो ।
    बैंकको मंसिर १२ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार बैंकको २२औंं वार्षिक साधारणसभा पौष २ गते, बिहीबार होटल पोखरा ग्राण्ड, पार्दी, पोखरामा बिहान ११ बजेबाट सुरू हुने जनाएको छ । यसैगरी, सभामा बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार हाल कायम चुक्ता पुँजीको ७ दशमलव ०३ प्रतिशत अर्थात ५९ करोड ४६ लाख १६ हजार ९३१ रुपैयाँ बराबरको बोनस शेयर र ३ दशमलव ७३ प्रतिशत अर्थात २८ करोड ५० लाख ६४ हजार ७४४ रुपैयाँ बराबरको नगद लाभांश (बोनस तथा नगद लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसका साथै, सभामा बैंकको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक तोक्नेलगायतका एजेन्डाहरू छलफल गरी पारित गरीनेछ ।
    त्यसैगरी, बैंकले साधारणसभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि असोज २२ गते बुक क्लोज गरेको थियो । त्यसैले, असोज २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारणसभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्